प्रिय जेनजी
जसले संसद सिंहदरबार सर्वोच्च र शीतल निवास जलाए,
तिनीहरु तिम्रो सोचका बाधक बन्नेहरू यो देशका मानवरूपी दानवहरु हुन्।
तिनीहरूले कहिले चाहेनन् यो देश शान्त र सुरक्षित भएको हो।
उनिहरुको काम नेतृत्वको
भ्रष्टाचार,
राजनीतिक मतभेदमा सामाजिक सद्भावको दाउपेज,
र गुण्डागर्दी संरक्षणमा जीवन दिन तल्लिन तिनीहरु राजनीतिक कुसंस्कृतले लिप्त नातावाद कृपाबादका जालहरु हुन ।
तसर्थ अहिले हाम्रा सामारिक महत्वका धरोहरहरु उनिहरुले नै आँखा अगाडि खरानी बनाए ।
प्रिय जेन्जी
देशको शान्ति सुरक्षा अमन चयन कायम राख्ने नागरिक सेवाप्रति तल्लिन प्रहरी संगठनका
हाल न त बस्ने बास छ,
न त खाने गास छ,
न त लगाउने कपास नै बाँकी छ,
छ त केवल हताेसाहित शरिर,
यि कुराकाे प्रभावले देशमा दिन प्रतिदिन लुटपाट, डाँकाचोरी, हत्या, बलात्कार,
बढ्ने र कानुनी राज्यको उपहास हुने कुरामा संका छैन
यसको रोकथाम नियन्त्रण तथा सफल अनुसन्धान बिना कानुनको राज स्थापित हुन्छ भन्नेमा सायदै यो पुस्ता अचेत र असक्षम छ भन्ने मलाई लाग्दैन
तसर्थ
तिमीहरू बाट यदि यस्तो कदम चलेको भए यो देश,
बलिदान, अस्थिरता, गरिबी, दण्डहीनता, सांस्कृतिक विचलन मा सिमित हुनेछ ।
देशलाई खरानी बनाउनेहरु बिरुद्ध नेपाल प्रहरीले कानुनी डण्डा बर्षाउदै सामाजिक न्याय स्थापित गर्ने बिषयमा सम्झौता हुनेछैन ।
नेपालीको जय होस नेपालीको जय होस
जय नेपाल ।




बिहानीको तारा । ३० भाद्र २०८२, सोमबार १२:१७