जुम्लाकाे तिर्खु गाउँस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको प्रांगणमा चलचित्र ‘प्रकाश’को प्रिमियर शो

६ भदाै २०७९ जुम्ला । जुम्लामा छायाङकन गरीएको चलचित्र ‘प्रकाश’को जुम्लामा वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । पातारासी गाउँपालिकाको तिर्खु गाउँस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको प्रांगणमा प्रिमियरमा गाउँबासीसङै कलाकार प्रदीप खड्का र लेखक बिकास सुवेदीको उपस्थिति रहेको गरीएको छ ।

प्रिमियरमा सहभागी हुन पुगेका प्रदीप र बिकासलाई स्थानीय बासिले गरेको स्वागत गरेका थियो । स्थानीय संस्कार अनुसार जुम्लेली समुदायले प्रदीप र बिकासको गलामा माला, निधारमा अबिर र शीरमा फेदा लगाइदिएका थिए ।

शहरका सुबिधा सम्पन्न हलहरुमा रेड कार्पेट बिछ्याएर गरिने प्रिमियर हुने भएता पनि यस पटक ‘प्रकाश’को हकमा भने भिन्न रह्यो । जुम्लामा कुनै हल छैन । प्रोजेक्टरमा चलचित्र देखाउन निर्माण पक्ष जेनेरेटर बोकेर प्रांगणमा पुगेको थियो । तिर्खु त्यहि गाउँ हो, जहाँ ४५ दिनसम्म ‘प्रकाश’को छायांकन भएको थियो ।

आफ्नै ठाउँको कथा चलचित्रको पर्दामा हेर्न पाउँदा स्थानीयहरु दंग र खुशी थिए । दिनेश राउतद्रारा निर्देशित चलचित्रमा प्रदीप खडका र दिया मास्केका अलावा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीले लेखेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका छन् । चलचित्र देश भर भदौ १० गते देखी एकैसाथ प्रर्दशनमा आउदैछ ।