जुम्लाको जोडु गाउँमा कोइरा पर्व मनाइयो

जुम्ला । जुम्लाको सिँजा गाउँपालिका ६ जोडु गाउँमा कोइरा पर्व मनाईएको छ  । बारीमा कोइरा र चोताको बीउ रोपेर कोइरा पर्व मनाउने गरिन्छ । वसन्त ऋतुमा कोइरो र चोतो भित्र्याउने भएकाले कोइरा पर्व मनाउने गरिएको ८७ वर्षीय मोतीराम बुढाले बताए । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा कोइरो र चोतो दिवस मनाइँदै नयाँ बिउँ रोपेका छन ।

जोडु गाउँमा हरेक घरको बारीमा कोइरो र चोतो लगाउँछन् गरिन्छ । कोइरा र चोता रोपेपछि हरेक वर्ष नयाँ खेतीको सुरुवात भएको मानिन्छ । दिउँसो १ बजेदेखि साढे २ बजेसम्म कोइरो र चेतो लगाइन्छ । फागुन ७ मा अलिअलि हिउँ पर्नुपर्ने जनविश्वास छ । जुम्लाको सिंजा गाउँपालिका भित्र पर्ने जोडु गाउँलाई कोइरा र चोता पाइने ठाउँ भनेर चिनिन्छ । गुलियो र रसिलो हुन्छ तरकारीको रुपमा यस्लाई प्रयोग गरिन्छ । कोइरा र चोतो स्वास्थ्यका लागि स्वास्थबर्धक मानिन्छ । यो खेती जुम्लामा धेरै गरीन्छ तर बजार अहिले सम्म पाउन सकेको छैन ।