नेपालगन्जमा इच्छा विपरीत होली दल्ने लाई कारवाही गर्ने : बाँके प्रहरी

हाेलीकाे चहलपहल सुरु भए सँगै नेपालगंजमा पनि प्रहरीले निगरानी बढाएकाे छ । शान्ति सुरक्षामा खलबल नहाेस र जनता लाई सुरक्षाकाे अनुभुति हाेस भनेर बाँके प्रहरीले निगरानी बढाएकाे छ । हाेली पर्व माधुर्य र प्रेम भाव भएको होली पर्वको रौनक सुरु भएको छ । पहाडमा भोली र तराइमा पर्सि होली मनाइने भएपनि नेपालगन्जमा भने होलीको चहलपलह सुरु भइसकेको छ । नेपालगन्जको त्रिभुवन चोक, त्रिवेणीमोड, एक्लैनीलगायतका क्षेत्रमा रङ, लोला तथा होली अंकित टिसर्टहरुको व्यापार सुरु भइसकेको छ । बाँके प्रहरीले पनि होली पर्वलाई मर्यादित तरिकाले मनाउन आग्रह गरेको छ ।

होली पर्व मनाउने बाहानामा अमर्यादित र उच्छृङ्खल कार्य नगर्न जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरेर सबैलाई अनुरोध गरेको छ । कसैको इच्छा विपरीत रङ दलेमा, लोला प्रहार गरेमा वा होली पर्व मनाउने बाहानामा कोही कसैमाथि दुव्र्यवहार गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । इच्छा विपरीत जवरजस्ति रङ प्रयोग गरेमा वा बाधा पुर्याएमा प्रहरीलाई खवर गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।