भेरी अस्पतालले ‘एमआरआई’ मेसिन संचालनमा ल्यायो

नेपालगन्ज । भेरी अस्पतालले एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा ल्याएको छ । बिहीबार नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले उक्त मेसिनको उद्घाटन गरेका छन् ।

यसबाट नेपालगन्ज उपमहानगरपालिकाका १९ वर्षीया निलम बर्माले पहिलो सेवा लिएको रेडियोलोजी विभागका रेडियोटेक्नोलोजिष्ट इन्चार्ज स्निता गुरुङले बताइन् । उनको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण अस्पतालले निःशुल्क सेवा प्रदान गरेको थियो ।