संसदीय समितिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

२२  साउन २०८० काठमाण्डौं । संसदीय समितिको भागबन्डा मिलेको छ। प्रतिनिधिसभामा १० वटा र दुवै सदनको संयुक्त दुई समिति छन्। सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी एमालेबीच भागबन्डा भएको हो। विपक्षी रास्वपा र राप्रपालाई भने बाँडफाँटमा समावेश गरिएन । कांग्रेस सांसद एवं कार्यव्यवस्था परामर्श समिति सदस्य रामहरि खतिवडाका अनुसार कांग्रेस चार, एमाले तीन, माओवादी दुई, जसपा, नेकपा एस, जनमतले एक–एक समिति पाउने समझदारी भएको छ। यो समझदारीलाई बिहान बसेको माओवादी संसदीय दलले अनुमोदन गरेको छ।

सचेतक तहमा भएकाे सहमतिअनुसार

एमाले
लेखा, महिला र राज्यका निर्देशक समिति

कांग्रेस
अर्थ, सुनुवाइ, राज्य व्यवस्था र कृषि समिति

माओवादी
कानुन र भौतिक समिति

जसपा
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति

नेकपा एस
शिक्षा तथा स्वास्थ्य समिति

जनमत
उद्योग समिति