स्थानिय तहका प्रमुखहरुलाई वातावरणीय अध्ययन सम्बन्धि २ दिने तालिम सम्पन्न


सुर्खेत । सुर्खेत जिल्लाका स्थानिय तहका प्रमुखहरुलाई वातावरणीय अध्ययन सम्बन्धि २ दिने तालिम सम्पन्नभएको छ । तालिम कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन अनुसन्धान तथा तालिम केन्द्र र USAID जलजंगल को संयूक्त आयोजनमा संचालित गरिएको हो । चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, सिम्ता गाउँपालिका, बिरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपिलका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, लेकबेसी नगरपालिका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत, सामुदायिक बन उपभोक्ता महासंघ तथा कर्मचारीहरु लगायत ४० जनाको सहभागिता थियो ।


कर्णाली प्रदेशमा हुन गईरहेको लगानी सम्मेलनमा पनि हाम्रो मन्त्रालय अन्तर्गत बातावरण संरक्षण तथा पर्यटन क्षेत्रमा के कस्ता काम गर्न सकिन्छ भन्ने सल्लाह सुझाव समेत लिने योजना रहेको र बातावरण संरक्ष्ण स्थानिय तहको सहकार्य समन्वय विना सम्भव नरहेकोले सबैलाई हातेमालो गर्न प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्री माननिय कृष्ण कुमार बि.सी ले अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा सुर्खेत जिल्लाका ९ ओटै स्थानिय तहका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत तथा प्रतिनिधिहरुको सहभागिता रहनुका साथै जिल्ला वन कार्यलयका प्रमुख तथा जिल्ला समन्वय समितीका उपप्रमुखको सहभागिता रहेका कुरा USAID जलजंगल परियोजनाका टिम लिडर भुपेन्द्र शाहीले जानकारी दिनु भयो । कार्यक्रमको वातावरणविद निरञ्जन श्रेष्ठ तथा कानुनअधिकृत, खगेन्द्र कुमार खत्रीले सहजिकरण गरेका थिए ।


कार्यक्रममा कुनै पनि विकास योजना कार्यन्वयन गर्दा बाताबरणी अध्ययन अनिवार्य रुपमागरिनु पर्ने व्यवस्था कर्णाली प्रदेश वातावरण संरक्षण ऐन, नियमावली,२०७७ तथा संघिय वातारण संरक्षण ऐन २०७६ नियमावली २०७६ले बोलेको भएपनि यस्को प्रभावकारी कार्यवन्यन हुन नसकेको अवस्थामा स्थननिय तहका जिम्मेवार व्यतित्वहरुलाई यस सम्बन्धी तालिम दिनका लागिएको प्रदेश वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र बासुकला ले जनकारी दिनु भयो ।

तालिमले वातावरणयी संरक्षण सम्बन्धी स्पष्टता ल्याएको को कुरा चौकुने गा.पा. अध्यक्ष खड्क वि.क. ले बताउनुभयो । प्रदेश वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र बासुकलाको सभापतित्वमा भएको तालिमको उद्घाटन कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्री माननीय कृष्ण कुमार बि.सी ले गर्नु भएको थियो । विकास कार्यहरु गर्दा वातावरणिय पक्षहरु महत्तवपूर्ण भुमिका हुने, वातावरणिय पक्षलाई ध्यानदिदाविकास निर्माणका कार्यहरु दिगोहुनुका साथै वातावरणिय कानुनको प्रभावकारी कार्यन्वयनका लागि समेत तालिमको औचित्यता रहेको कार्यक्रमका वक्ताहरुले बताउनु भएको थियो ।