नेपालगंज उप–महानगरपालिकालाई आज बालविवाह मुक्त घोषणा गरिएको छ ।


२३फाल्गुन २०७८ नेपालगंज । नेपालगंज उप-महानगरपालिकालाई आज बाट बालविवाह मुक्त घोषणा गरिएको छ । वडा नम्बर ५,६,७,८,१३,१४,१५,१६,१७,१९,२२ र २३ नम्बर वडालाई वाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।  २३ वडालाई नै वाल विवाहमुक्त वडा घोषणा गरिएपछि उप-महानगरपालिकालाई नै वाल विवाहमुक्त पालिका घोषणा गरिएको हो ।

नेपालगंज उप-महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले चुनौतीकाबीचमा पनि नगरलाई वाल विवाहमुक्त घोषणा गर्न सकिएको बताउनुभयो । उहाँले घोषणा कार्यान्वयनका लागि सबै नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा एमालेका नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, वडा नम्बर १७ का वडा अध्यक्ष अजय पाठक लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य, कार्यपालिका सदस्य, सामाजिक संघ संस्थाका प्रतिनिधी, कर्मचारी, वाल क्लवका प्रतिनिधी लगायतको सहभागिता थियो ।