स्थानीय तह निर्वाचनको तयारी गर्न अध्यक्ष नेपालको निर्देशन

२३ फागुन २०७८काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्देशन दिएका छ । सोमबार बसेको पोलिटब्युरोको प्रथम बैठकमा आफ्नो राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो स्थान हासिल गर्ने बताए । उनले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आफूहरुले राख्दै आएको अडान राष्ट्रिय अडान भएको बताए ।