
२२ असाेज २०८० काठमाडौँ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छु रिजालले कान्तिपुरसँग भने,अलग अलग क्याम्पबाट उद्धार गरिएको हो । अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको उनले बताए । उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ । अहिले हामी २ वटा फार्ममा रहेका १३ जना साथीहरुलाई यहाँ ल्याएको छु उनले भने,अरु साथीहरु आउने क्रममा छन् । अहिले आफूहरु सुरक्षित रहेको उनले बताए । हामीहरु सुरक्षित छौं साथीहरुसँग बसेर कुराकानी गरिरहेका छौुं उनले भने, हामी सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी छ ।
अहिलेसम्म जोखिम क्षेत्रबाट उद्धार गरेर सुरक्षित स्थानमा पुर्याइएका विद्यार्थीहरु
१- विभुषा अधिकारी, चितवन
२-रचना चौधरी, कैलाली
३-आशा मिश्र, कैलाली
४-सुष्मा रेग्मी, कैलाली
५- नविन घिमिरे, दाङ
६-श्रेया तिवारी, चितवन
७-बादल सुवेदी, दाङ
८-लुईस रिजाल, बर्दिया
९-मनिष खनाल, गुल्मी
१०-नारायण भुसाल, पर्वत
११-गणेश साउद, कैलाली
१२-बिपिन जोशी, कैलाली
१३-गणेश जोशी,कञ्चनपुर
१४-ओमप्रकाश उपाध्याय, कैलाली
१५-प्रविन बीसी, सुर्खेत
१६ -प्रमोद भट्ट, बैतडी
१७-अनुप अधिकारी, सिन्धुली
१८-बिशाल पाण्डे कैलाली,
१९-समर्पण आचार्य दाङ,
२०-विपिन सुवेदी,दाङ
२१-नीतिन भण्डारी कञ्चनपुर
२२-लोकेन्द्र विष्ट, डढेलधुरा
२३-रमेशबहादुर कार्की, बजुरा
२४-निरज कुशवाहा, रौतहट
२५-उपैन्द्र जोशी, कैलाली
२६-विनोद शाह, रौतहट
२७-अरविनकुमार चौधरी, कैलाली
२८-आवाज भट्टाराई, कैलाली
२९-रोहित नायक, कैलाली
३०- तीन जनाको नाम प्राप्त हुन बाँकी



बिहानीको तारा । २२ आश्विन २०८०, सोमबार २०:२२