कोहलपुरमा नापी र मालपोत कार्यालय काे शाखा स्थापना हुने

२३ फाल्गुन २०७८ नेपालगंज । काेहलपुरमा नापी र मालपाेत कार्यालयकाे शाखा स्थपना हुने भएकाे छ । नेकपा माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्याैपाने र  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र भुमि सुधार मन्त्री शसि श्रेष्ठको सक्रियतामा यस अघि नेपाल सरकारको क्याबिनेट बाट निर्णय भएको नापी तथा मालपोत कार्यालय स्थापना गर्नका लागि अर्थ मन्त्रालयले श्रोत समेत सुनिश्चित गरि सकेको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।

अर्थमन्त्री जर्नादन शर्माले कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापनाका लागी आवश्यक बजेट सुनिश्चित गरिदिएका हुन । लामो समय देखी कोहलपुर बासीले उठाउदै आएको माग र मुद्धालाई माओवादी केन्द्रको भुमिसुधार मन्त्री हुदा टुंगोमा पुर्याउन सफल भएको युवा नेता न्यौपानेको भनाई छ ।