
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कर्मचारीले जादै गर्दा रजिष्ट्रारले आफ्ना मान्छे राख्न विज्ञापन गरेको भन्दै आन्दोलित भएका छन् ।
कर्मचारीले पत्रकार भेटघाट गरेर प्रतिष्ठानका रजिष्ट्रारको अवधि निकै कम दिन भएपनि निरन्तर विज्ञापन खोलेर आसेपासेको जागिर दिन खोजेको बताउदै आन्दोलित भएको बताएका छन् । कर्मचारीले पत्रकारभेटघाट मार्फत जेठ २३ गते पनि एकलौटी, प्रतिष्ठानको प्रणालीबाट बाहिर गएर पछिल्लो विज्ञापन खोलेकाले ध्यानाकर्षण सहित विरोध जनाएका हुन् ।
प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाहीले पत्रकार भेटघाटमा प्रस्तुत गर्नुभएको ध्यानाकर्षण पत्रमा मिति २०८२ जेठ २३ गते प्रतिष्ठानको वेवसाईटमा प्रकाशित भएको विज्ञापनमा हामी सम्पूर्ण कर्मचारीको ध्यानाकर्षण भएको छ । कर्मचारीले सो विज्ञापन गरेपछि निमित्त उपकुलपति डा. डवलबहादुर धामी र रजिष्ट्रार नृपेन्द्र महत केन्द्रीत ध्यानाकर्षण पत्र पठाएको बताउदै प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा सहकुलपति तथा स्वास्थ्य मन्त्रीलाई समेत वोधार्थ गरिएको छ ।
कर्मचारीका अनुसार प्रतिष्ठानको विज्ञापन कार्यकारी परिषदबाट स्विकृत गराई गर्नुपर्नेमा रजिष्ट्रारको एकल निर्णयले विज्ञान गरेको तथा प्रकाशित विज्ञापन प्रतिष्ठानको एकल निर्णयले विज्ञापन गरेको तथा प्रकाशित विज्ञापन प्रतिष्ठानको स्विकृत दरवन्दी किताबमा नभएको पदहरु समेत राखि विज्ञापन गर्नुमा रजिष्ट्रारको कुनियत प्रष्ट देखिन्छ । कर्मचारीले प्रतिष्ठानको आर्थिक कार्यभारको ख्याल नगरि दरबन्दी किताबमा नभएका पदहरुको विज्ञापन गरिनु संस्थाको हितमा नहुने बताउदै यो विज्ञापन रद्द गरिदिन भनि वैशाख २३ गते नै उपकुलपति डाक्टर धामीलाई ध्यानाकर्षण गरिएको छ । कर्मचारीले नसच्याए आन्दोलन कडा गर्ने समेत चेतापनी दिएका छन् ।
ईमरजन्सी वाहेकका सेवा बन्द गर्ने :
विज्ञापन रद्द गरिदिन भन्दै कर्मचारी संगठनले पनि विरोध जनाएका छन् । पत्रकार भेटघाटमा कर्मचारी कल्याण समिति अध्यक्षा रामाकान्त उपाध्याय र कर्मचारी यूनियन कर्णाली प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिशचन्द्र रावतको दस्खतमा प्रकाशित प्रेस बिज्ञेप्तिमा ध्यानाकर्षणको कुनै पनि प्रतिक्रिया नआएको हुदा २६ गतेदेखी प्रतिष्ठानको ईमरजन्सी सेवा वाहेक शैक्षिक तथा प्रशासनिक कार्यक्रमहरु वन्द गरिने भएको छ ।
जेठ २३ गते प्रतिष्ठानको वेवसाईटमा रजिष्ट्रारले एकल रुपमा विज्ञापन गरिएका भनिएका पदमा प्रोफेसर, एशोसियट प्रोफेसर,एसिष्टेन्ट प्रोफेसर, लेक्चर सहितका केही पद, एमए ईन सोसियोलोजीमा एक जना एशोसियट प्रोफेसर, एक जना एसिष्टेन्ट प्रोफेसर र ३ बर्ष अधिकृत तहमा अनुभव गरेको व्यक्ति सातौ तहको खरिद अधिकृत विज्ञापन गरिएको छ । प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत शाहीले स्थायी परीक्षा खोलिसकेपनि आफ्ना मान्छे राख्न आधा दर्जन विज्ञापन खोलिएको बताएका छन् । उहाँका अनुसार रजिष्ट्रार महतको असार पहिलो साता पदावदि सकिदैछ तर पनि आसेपासे भर्ना गर्न विज्ञापन खोजिदैछ ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निमित्त उपकुलपति डाक्टर डवबहादुर धामीले यो बिषयमा आफुलाई जानकारी नभएको बताउदै जेठ २३ गतेको विज्ञापन बिषयमा कर्मचारीले जानकारी गरापछि गम्भिर ध्यानाकर्षण भएको बताउदै रजिष्ट्रार नृपेन्द्र महतलाई सो विषयमा के भएको हो लिखित जानकारी माग गरिएको प्रतिक्रिया दिनुभयो । कर्मचारीले केही महिना अगाडि स्थायी कर्मचारी खोलेको पनि अर्थमन्त्रालयको स्विकृत नलिई आन्तरिक स्रोतबाट व्ययभार पर्नेगरि विज्ञापन खोलेकोले आर्थिक रुपमा संस्था धराप पर्नेगरि काम भएको बताएका छन् । यता सो विज्ञापन कार्यकारी परिषदमै निर्णय नभएको कार्यकारी परिषदका सदस्यले जनाएका छन् । कार्यकारी परिषद सदस्य विवेक पुन मगरले जेठ २३ गतेको एमए ईन सोसियोलोजी एशोसियट प्रोफेसर, मास्टर ईन फार्माकोग्नोसी, नेचुरल प्रोडक्ट केमेष्ट्री, फिटोकेमेष्टी र तिन बर्ष अधिकृत तहको अनुभव भएको सातौ तहको खरिद अधिकृतको बिषयमा कार्यकारी परिषदमा निर्णय भएको जानकारी नभएको बताउनुभयो ।



बिहानीको तारा । २६ जेष्ठ २०८२, सोमबार ११:२४