जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वदलीय/सर्वपक्षीय बैठक जारी

१७ असाेज २०८० नेपालगन्ज ।जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षीय र सर्वदलीय बैठक जारी छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको आह्वानमा जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको हो ।

नेपालगंजमा धार्मिक विवाद बढ्दै गएपछि मंगलबार दिउँसो १ बजेबाट नेपालगन्ज उप-महानगरपालिका भित्र कर्फ्यु आदेश जारी गरिएको थियाे,  कर्फ्यु अहिर सम्म कायम रहेको छ । बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. धवलसम्शेर राणा, प्रदेशसभा सभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राइ, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँके स्थित राजनीतिकदलका नेता, धार्मिक संघ संस्थाका अगुवाहरुको उपस्थिती रहेको छ । बैठकमा नेपालगन्जलाई सदभाव कायम गरेर पुरानो लयमा फर्काउने विषयमा छलफल चलेको बैठकमा सहभागी एक धार्मिक अगुवाले बताए ।