नेपालगन्ज-गुलरिया सडक खण्डकाे ठेक्का रद्ध, नयाँ पक्रिया अनुसार ठेक्का प्रक्रियामा जाने

२८ साउन २०८० नेपालगंज । बाँकेको नेपालगन्ज गुलरिया सडक खण्डकाे ठेक्का सम्झौता सडक डिभिजन कार्यालय नेपालगन्जले रद्ध गरेको छ । उक्त ठेक्का पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने भए पछि सडक डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता रद्ध गरेकाे हो । नेपालगन्ज गुलरिया सडक खण्ड अन्तरगत खजुरा बजारकाे १८ सय मिटर निर्माणाधिन सडकको ठेक्का सम्झौता रद्ध गरिएकाे सुचना सडक डिभिजन कार्यालय नेपालगन्ज जारी गरेकाे छ ।

तीन पटक म्याद थप र त्यस यता पनि लगातार बिभिन्न सुबिधा दिएर काम गर्ने अवसर दिँदा पनि ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनबाट काम हुन नसकेपछि सम्झौता तोडिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले जानकारी दिए ।

खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक पहलमा सडक डिभिजन कार्यालय नेपालगन्जले उक्त ठेक्का सम्झौता रद्ध गरेकाे छ । अवको बाँकी काम सडक बिभागको निगरानीमा शर्मा एण्ड कम्पनीबाट गराउन आग्रह गरेकाे अध्यक्ष विकले बताए । काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गर्न माग गर्दै गाँउपालिकाले पटक पटक डेलिगेशन गएको स्मरण गर्दै त्यस्ता ठेकेदारलाई कालोसूचीमा लैजान ढिला गर्न नहुने उनले बताए ।

डिभिजन प्रमुख शाक्यले पनि अव ठेकेदार कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्ने बाटो खुलेको बताए । उनले सम्झौता तोडिएकाले ठेकेदारले राज्यलाई पु¥याएको क्षतिको एकिन गरि असुल गरिने र बाँकी प्रक्रिया अगाडि बढ्ने बताए ।

नेपालगन्ज गुलरिया सडक खण्डकाे १८०० मिटर लम्बाई रहेकाे सडक २०७४ साल चैत्र महिनामा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले  सडक निर्माणकाे काम थालेको थियो ।