नेपालगंज उद्योग वाणिज्य संघको निर्वाचन २०८० : समावेशी प्यानलका समावेशी उम्मेदवारहरुको परिचय

समावेशी प्यानलका समावेशी उम्मेदवारहरुको छोटो परिचय

३१ साउन २०८० नेपालगन्ज । भदाै २ गते हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन यतिबेला उम्मेदवाहरु व्यापक रुपमा चुनाव प्रचार प्रसार, भेटघाट र निर्वाचन कसरी जित्न सकिन्छ भनी रणनीति बनाईरहेका छन । यहिले नेपालगञ्ज उद्योग वाणिज्य संघकाे निर्वाचनमा दुई प्यानल समावेशी प्यानलकाे नेतृत्व टंक बहादुर धामीले गरेका छन भने साझा प्रजातान्त्रिक प्यानलकाे  नेतृत्व ललित कुमार रौनियारले गरेका छन । उम्मेदवारहरु चुनाबी मैदानमा आआफ्नै रणनीति र बाचा सहित उद्योगी व्यापारीहरु सँग भाेट माग्न व्यस्त छन ।

त्यस्तै समावेशी प्यानलले ‘उद्योगी, व्यवसायीकोे एकता, समावेशी प्यानलको पहिचान, समृद्ध बाँके निर्माणका लागि व्यवसायिक क्षेत्रको योगदान’ भन्ने मूल नारा र १७ ‘स’को प्रतिबद्धताहरु र उद्योग, व्यापार र वाणिज्य सबै क्षेत्रबाट सानादेखि ठूला व्यापारिक घराना सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी उम्मेदवार छनोट गरेको समावेशी प्यानल निर्वाचन परिचालन समितिका संयोजक ईश्वरप्रसाद पोखरेल बताउनुभयाे ।समावेशी प्यानलबाट उम्मेदवार भएका उम्मेदवारहरुकाे व्यावसायिक तथा अनुभव सहित परिचयकाे अंश प्रस्तुत गरिएकाे छ ।

टंकबहादुर धामी (अध्यक्ष पदका उम्मेदवार ): नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा संघका वर्तमान प्रवक्ता टंकबहादुर धामी समावेशीबाट अध्यक्ष पदको उम्मेदवार बन्नु भएकोछ । धामीसँग संघमा दुई कार्यकाल सदस्य भएर काम गरेको अनुभव छ । २०६० सालदेखि नेपालगन्जमा रेडिमेड व्यवसाय सञ्चालन गर्नुभएका धामी कमल इन्टरप्राइजेज, सिद्धिविनायक अर्डर एण्ड सप्लायर्स, मनिष ट्रेड लिंक, कमल गार्मेन्ट प्रा.लि., रामारोशन तयारी पोशाक व्यवसाय सञ्चालन गरिरहनु भएकोछ । रामारोशन सहकारीका अध्यक्ष र अछामी सेवा समाजका सल्लाहकार र लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका पूर्वअध्यक्ष हुनुहुन्छ । धामी भन्नुहुन्छ, ‘समावेशी प्यानल निर्वाचित भएपछि सानादेखि ठूला उद्योगी व्यवसायीलाई अनुभूति हुने गरी काम गर्नेछु ।’

चिरञ्जीवी ओेली (उपाध्यक्ष (उद्योग) तर्फका उम्मेदवार ): समावेशी प्यानलबाट संघको वर्तमान महासचिव चिरञ्जीवी ओेली उपाध्यक्ष (उद्योग) उम्मेदवार बन्नुभएको छ। नेपालगन्ज पेट प्लाष्ट इन्डष्ट्रिज प्रा.लिका सञ्चालक र ओली ट्रेड लिंकका प्रोपराइटर ओलीको पृष्ठभूमि पत्रकारिता र असल शासन अभियन्ता हो । २०६० सालमा रेडियो भेरी आवाज नेपालगन्जबाट पत्रकारिता सुरु गर्नुभएका ओेलीले गरेका रेडियो बहसले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उहाँले कोल्ड स्टोर हुँदै मोेबाइलको डिलर सञ्चालन गर्नुभएको छ । २०६६ सालपछि इलेक्ट्रोनिक व्यवसायी हुनुभयो । नेपालगन्ज इलेक्ट्रोनिक एशोसियसनको संस्थापक महासचिव हुँदै पूर्वअध्यक्ष पनि हुनुहुन्छ । नेपाल मोबाइल वितरक संघको केन्द्रीय उपाध्यक्ष भएर काम गरेको अनुभव छ ।

मन्दिरा पाण्डे  (उपाध्यक्ष (महिला) तर्फका उम्मेदवार ): समावेशी प्यानलको उपाध्यक्ष (महिला)को उम्मेदवार हुनुहुन्छ । पाण्डे संघको कार्य समिति सदस्य हुनुहुन्छ । २०४९ सालदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील उहाँ त्रिवेणी पुस्तक सदन धम्बाझीको प्रोपराइटर हुनुहुन्छ । पाण्डे खेल क्षेत्रबाट व्यवसायिक क्षेत्रमा लाग्नु भएको हो । उहाँ एथलेटिक्स (दौड र ज्याभलिङ थ्रो)को राष्ट्रिय खेलाडी पनि हुनुहुन्छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको पूर्वउपाध्यक्ष र लायन्स क्लब अफ बागेश्वरी पूर्वअध्यक्ष भएर काम गरेको अनुभव छ ।

हरिलाल न्यौपाने (उपाध्यक्ष (उद्योग) तर्फका उम्मेदवार ): समावेशी प्यानलको उपाध्यक्ष (वाणिज्य)का उम्मेदवार हुनुहुन्छ, हरिलाल न्यौपाने । न्यौपाने संघको वर्तमान कोषाध्यक्ष हुनुहुन्छ । साढे दुई दशकदेखि व्यवसाय क्षेत्रमा क्रियाशील उहाँ हार्दिक स्टोेर र श्रीराम स्टोरका प्रोपराइटर पनि हुनुहुन्छ । मदिरा व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष र गुल्मेली सेवा समाजका अध्यक्ष पनि हुनुहुन्छ । लायन्स क्लब अफ सिद्धीविनायकका चाटर्ड अध्यक्ष न्यौपाने नेपाल रेडक्रस सोसाइटी र क्षयरोग निवारण संघको आजीवन सदस्य भएर समाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

भीमबहादुर रानाभाट (महासचिव पदका उम्मेदवार ): समावेशी प्यानलबाट महासचिव पदका उम्मेदवार हुनुहुन्छ । संघको वर्तमान कार्य समिति सदस्य रानाभाट २०५३ सालदेखि व्यवसायिक क्षेत्रमा निरन्तर क्रियाशील हुनुहुन्छ । उँहा कालिका इम्पोरियम घरबारी टोल र आरबी सपिङ कम्प्लेक्स न्यूरोडका सञ्चालक हुनुहुन्छ । तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपाल बाँकेको संस्थापक अध्यक्ष हुन् । उनकै नेतृत्वमा जुमा स्पोट्स क्लब रहेको छ । न्यूरोड टोल सुधार समितिको महासचिव र पूर्वअध्यक्ष, लायन्स क्लब अफ नेपालगन्ज न्यूरोड, बर्दियाली सेवा समाज बाँके अध्यक्ष, भेरी साहित्य समाजका सल्लाहकार, लायन्स ब्लड बैंकका संस्थापक सदस्य, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बीटुकोे जोन चेयर पर्सन भएर सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

मदन राज शर्मा (उप-महासचिव पदका उम्मेदवार ): समावेशी प्यानलबाट मदन राज शर्मा उपमहासचिव पदका उम्मेदवार हुनुहुन्छ । शर्मा बागेश्वरी कम्प्युटर टेक्नोलोजी सप्लायर्स र प्रिन्टर वल्र्ड ट्रेड एण्ड सप्लायर्सको प्रोेपराइटर हुनुहुन्छ । कम्प्युटर एशोसियसन महासंघ नेपाल (क्यान) र नेपाल भारत मैत्री संघसँग आबद्ध उँहा फुल्टेक्रा माविको सल्लाहकार पनि हुनुहुन्छ । कोेभिडको बेलामा नेपालगन्ज उपमहानगरपालिका, गुरुद्वारा समिति, मानव धर्म सेवा समितिसँग मिलेर खाना र पानी अभियान सञ्चालन गर्नुभएको थियो ।

सलाउद्दिन जसगढ (कोषाध्यक्ष पदका उम्मेदवार ): समावेशी प्यानलका कोषाध्यक्ष पदको उम्मेदवार जसगढ तीन कार्यकालदेखि संघको निरन्तर कार्य समिति सदस्य हुनुहुन्छ । उँहा मोहियद्दीन ज्वैलर्सको प्रोपराइटर हुनुहुन्छ । सुन चाँदी व्यवसायी संघ बाँकेको दुई दशकदेखि निर्विरोध अध्यक्ष (चार कार्यकाल) सफल नेतृत्व गरेका छन् । उँहा दुई दशकदेखि व्यवसायीको हकहितमा क्रियाशील हुनुहुन्छ ।

इन्दिरा कुमारी शाही (सदस्य पदका उम्मेदवार ):  १५ वर्षदेखि श्रीलक्ष्मी जनरल स्टोर सञ्चालन गरिरहेकी शाही नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघको महिला उपाध्यक्ष पनि हुनुहुन्छ । उँहा नेपालगन्ज उपमहानगरपालिकाको निवर्तमान कार्यपालिका सदस्य पनि हुनुहुन्छ । सहयोगी मन बाँकेको अध्यक्ष भएर दुःखी, गरिबलाई सहयोग र सेवा गर्दै आउनु भएको छ ।

तोपबहादुर थापा (सदस्य पदका उम्मेदवार ): समावेशीबाट तोपबहादुर थापा सदस्य पदका अर्का उम्मेदवार हुनुहुन्छ । २०५१ सालदेखि किराना व्यवसाय सञ्चालन गरेका थापाका करुणा थापा किराना पसल, प्रज्वल कोल्ड स्टोर र सीएसटी होटल एण्ड पार्टी प्यालेस सञ्चालन गर्नु भएको छ । बर्दियाको बढैयातालमा सरस्वती इङ्लिस मिडियम स्कुल सञ्चालन गर्नु भएको छ ।

 विष्णु श्रेष्ठ (सदस्य पदका उम्मेदवार ): रेडिमेड व्यवसायी विष्णु श्रेष्ठ पनि समावेशीका सदस्य पदका उम्मेदवार हुनुहुन्छ । दीपक सपिङ कम्प्लेक्स र सुस्ता इम्पेक्सबाट श्रेष्ठले रेडिमेड कपडाको व्यवसाय गर्नुहुन्छ । रेडिमेड तथा ब्याग व्यवसायी समिति नेपालगन्जको अध्यक्ष पनि हुनुहुन्छ । लियो क्लब, लायन्स क्लब, नेपाल क्षयरोग निवारण संस्था र जुमा स्पोट्स क्लबबाट सामाजिक सेवाको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

बुद्धिबहादुर विके (सदस्य पदका उम्मेदवार ):  समावेशीबाट सदस्य पदका उम्मेदवार बुद्धिबहादुर विके पनि हुनुहुन्छ । २०५० सालदेखि सुनचाँदी व्यवसायमा क्रियाशील उनको नेपालगन्जको घरवारी टोलमा न्यू दियाली सुनचाँदी पसल छ । नेपाल सुनचाँदी व्यवसायी संघ बाँकेको २०५२ सालको संस्थापक सदस्य, सचिव र हाल बाँके सुनचाँदी तथा गहना व्यवसायी संघको अध्यक्ष पनि हुुनुहुन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशको सभापति हुनुहुन्छ ।

सुदन के.सी. (सदस्य पदका उम्मेदवार ):  शुुभान्सी सपिङ्ग सेन्टर र सुभानी सपिङ्ग सेन्टरको सञ्चालक सुदन के.सी. पनि समावेशीबाट सदस्य पदका उम्मेदवार हुनुहुन्छ । के.सी. रेडिमेड तथा ब्याग ब्वयवसायी समिति बाँकेका उपमहासचिव र लायन्स क्लब अफ सिनर्जीका सचिव हुनुहुन्छ ।

शिवराज कुर्मी (सदस्य पदका उम्मेदवार ): न्यू ओम इलेक्टिकलका सञ्चालक शिवराज कुर्मी पनि समावेशी प्यानलबाट सदस्य पदका उम्मेदवार हुन् । २०६८ सालदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील कुर्मी तीन कार्यकाल नेपालगन्ज इलेक्टिकल एशोसियसनको सदस्य भएर काम गर्नु भएकोछ ।

धर्मेन्द्र सिंह ठटेर (सदस्य पदका उम्मेदवार ): १५ वर्षदेखि अण्डाको थोक विक्रेता धर्मेन्द्र सिंह ठटेर पनि समावेशीका सदस्य पदका उम्मेदवार हुनुहुन्छ । ठटेरको धर्मेन्द्र ट्रेड एण्ड सप्लायर्स रहेको छ । उहाँ कुखुरा व्यवसायी संघ दाङका सदस्य पनि हुनुहुन्छ ।

जमालुदिन अन्सारी (सदस्य पदका उम्मेदवार ): २०६५ सालदेखि नेपालगन्जको एकलैनीमा राप्ती चुडी पसलको सञ्चालन गर्दै आउनु भएका जमालुदिन अन्सारी पनि समावेशीबाट सदस्य पदको उम्मेदवार बन्नु भएको छ । अन्सारी रोटरी क्ल अफ नेपालगन्जकोे सदस्य पनि हुनुहुन्छ । २०५३ सालदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील टीकामणि उपाध्यायलाई पनि समावेशी प्यानलले सदस्य उम्मेदवार बनाएको छ । बागेश्वरी सप्लायर्स र सुलोचना रेडिमेड घरका उपाध्याय प्रोपराइटर हुनुहुन्छ। रेडिमेड तथा ब्याग व्यवसाय समिति सदस्य हुनुहुन्छ । हिमालयन लाइफ इन्स्युरेन्स कम्पनीको टट टपर हुनुहुन्छ ।

डम्बरबहादुर चन्द (सदस्य पदका उम्मेदवार ): मोबाइल व्यवसायी डम्बरबहादुर चन्दलाई पनि समावेशीले सदस्य पदको उम्मेदवार बनाएको छ । महाराजा मोबाइल एण्ड इलेक्टिकल्सका सञ्चालक चन्द नेपालगन्ज इलेक्टिकल्स एशोसियसनका कोषाध्यक्ष हुनुहुन्छ ।

सञ्जय कुमार अग्रवाल र कमल कुमार (सदस्य पदका उम्मेदवार ): समावेशी प्यानलले एशोसियट सदस्य पदमा सञ्जय कुमार अग्रवाल र कमल कुमार कार्कीलाई उम्मेदवार बनाएको छ । अग्रवाल संघको वर्तमान एशोसियट सदस्य पनि हुनुहुन्छ । २०५६ सालदेखि व्यवसायमा लागेका उहाँ जय मंगलम् इन्भेष्टमेन्ट प्रा.लि.को प्रबन्ध निर्देशक हुनुहुन्छ । एशोसियट सदस्यका अर्का उम्मेदवार कमल कुमार कार्की धेरै वटा उद्योग र व्यवसायमा संलग्न व्यक्ति हुनुहुन्छ । सिद्धबाबा हार्डवेयर, सिग्नेट कन्स्ट्रक्सन, बागेश्वरी ह्युमपाइप एण्ड विद्युत पोल उद्योेग, शिवशंकर बालुवा एण्ड क्रसिङ इण्डष्ट्रिज, स्टार पोलिपाइप इण्डष्ट्रिज र बागेश्वरी स्टिल स्ट्रक्चर, सिद्धबाबा स्टिल इण्डष्ट्रिज, सिद्धबाबा प्लाष्टिक गरी ८ वटा प्रा.लिको त कार्की अध्यक्ष हुनुहुन्छ । जय हनुमान आयल स्टोर कोहलपुर, वेष्टर्न क्रसर इण्डष्ट्रिज कैलाली, स्वर्गद्वारी ह्युमपाइप इण्डष्ट्रिज जनकपुर, भागेश्वर ह्युमपाइप इण्डष्ट्रिज बनेपा र बागेश्वरी ह्युमपाइप प्रा.लि.को प्रबन्धक हुनुहुन्छ । न्यू बागेश्वरी सप्लायर्स नेपालगन्जका प्रोपराइटर हुनुहुन्छ । कैलाली निर्माण व्यवसायी संघमा दुई कार्यकाल सदस्य निर्वाचित भएर काम गरेको अनुभव छ ।

फणाधर भण्डारी (सदस्य पदका उम्मेदवार ): नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघ बाँकेको अध्यक्ष फणाधर भण्डारीलाई समावेशीले सम्बद्ध सदस्यको उम्मेदवार बनाएको छ । २०५८ सालदेखि नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सदस्य रहेका भण्डारीले पानी उद्योग सञ्चालन गरेर को सुरुवात ०७३ देखि २०७५ सम्म पानी उद्योग संघ नेपालगन्ज बाँकेको अध्यक्ष बन्नु भएको थियो ।