नयाँ गठबन्धनले राजनीतिक संकटको हल गर्छः सांसद जगप्रसाद शर्मा

काठमाडौ । नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सासद जगप्रसाद शर्माले सत्तारुढ नयाँ गठबन्धनले सहयात्राको राजनीतिक संकटको हल गर्ने बताएका छन् ।

आज राष्ट्रियसभा बैठकमा सांसद शर्माले वर्तमान सत्तारुढ गठबन्धनको सहयात्राले देशमा देखापरेको राजनीतिक संकटको हल गर्ने बताएका हुन् । उनले देशमा अहिले आर्थिक संकट र राष्ट्रियताको संकट पनि भएको उल्लेख गर्दै ती सबै संकट समाधानका लागि नयाँ सहयात्रा आरम्भ भएको बताए ।

उनले अर्थतन्त्रको पुरानो लय र दिशा बदलेर मात्रै देशको अर्थतन्त्रको संकट समाधान गर्न सक्ने पनि बताए । सांसद शर्माले देशको राष्ट्रियतालाई बलियो बनाउन राजनीतिक दलहरू पनि बलियो हुनुपर्ने बताउनुभएको थियो  ।