नेपालगंजकाे जैसपुरमा पानी वितरण गर्न ढिलाई


७ चैत्र २०७९  नेपालगंज । नेपालगंज उप-महानगरपालिका वडा नम्बर १६ जैसपुरका स्थानीयलाई लक्षित गरी निर्माण गरिएको खानेपानी ट्याक्कीबाट पानी वितरण कार्यमा ढिलाई भईरहेको छ । अहिले पानी वितरण कार्य ढिलाई हुनुमा खानेपानी ट्याक्की निर्माण गर्ने पक्ष र स्थानीय बीच आरोप प्रत्यारोप चलिरहेको छ ।

लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगंज बाँकेले भने पुरानो योजना भएपनि सुधार गरेर आगामी बैशाख भित्र पानी वितरण गर्ने योजना रहेको जनाएको छ ।

डिभिजन प्रमुख तिलक न्यौपान्नेले स्थानीयहरुले पाइपलाइन विस्तार कार्यमा असहयोग गरेको, धारा जडान गर्ने भनेर पनि नआएकाले ढिलाई भएको बताउनुभयो । तर स्थानीयबासीले भने आफुहरुले सहयोग गरिरहेको भएपनि डिभिजन कार्यालयले हरेक काममा ढिलासुस्ती गरेको बताईरहेका छन ।