नमुनाको पहलमा राप्तिसोनारीको बिद्युतिकरणका लागि थप बजेट पास

६ पुष २०७९ नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद कृष्णा केसी ‘नमुना’ ले सांसद पदको सपथ नखादै जनताका समस्याहरु समाधान गर्नका लागि तिब्र रुपले अगाडि बढेकी छिन ।

केहीदिन देखि काठमाडौमा रहेकी सांसद नमुनाले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्याहरुका योजना बनाई समाधानका लागि बजेट माग गर्दै विभिन्न संघीय मन्त्रालयहरुमा धाई रहेकी छिन । यसै क्रममा बुधबार राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित अत्यन्तै बिकट क्षेत्र मानिने खयरभट्टी क्षेत्रका लागि बिद्युतिकरणका लागि नेपाल बिद्युत प्राधिकरणसङ्ग ३ करोड ४० लाख रुपैयाँको बजेट पास गराएकी छिन ।

उक्त बजेटबाट सो क्षेत्रमा २२ कि.मि. ११ के.भि. लाईन, ४.३ कि.मि. बितरण लाईन निर्माण र ३ थान बितरण ट्रान्सर्फमर जडान गरी करीब ४ सय घरमा बिद्युत सप्लाई गर्ने योजना रहेको सांसद नमुनाले जानकारी गराईन ।