जुम्लाकाे काँचो स्याउको निर्यात रोक्ने

१८ साउन २०८० जुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा काँचो स्याउ जुम्लाको भन्दै बिक्रि वितरण गरीरहेको पाइपछि जुम्लाबाट निर्यात हुने काँचो स्याउ रोक्ने सरोकारवालाले निणर्य गरेका छन । जुम्लामा बसेको सरोकारवालाको बैठकले काँचो स्याउ सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाईने भएको छ । यसको लागाी बुधबार काँचो स्याउको विक्रीलाई रोक्न काँचो स्याउको विक्रीलाई रोक्न सिफारिस बिनै निर्यात गर्न नपाईने निर्णय भएको छ । कर्णालीको सुर्खेतमा भइरहेको काँचो स्याउ केही मात्रमा जुम्लाको भएपनि अरु सबै कालिकोटको तिलागुफा नगरपालिकाको हो । जुम्लाको पहिचान संग जोडिएको स्याउको नाम बेचेर काँचो स्याउ धमधम विक्री भईरकेको छ । यदपी, विगतमा पटक पटक काँचो स्याउ निर्यात नगर्ने निर्णय भएपनि कार्यान्वयन हुन सकेको पाइदैन ।

त्यस्तै स्याउ किसान राजबहादुर भक्रीले किसानले उत्पादन गरेका बस्तुहरुको राज्यले बजारिकरणको ब्यवस्था गर्नु पर्ने बताए ।
त्यस्तै हरेक वर्ष असार महिनामा कुन स्याउ कहिले टिप्ने र निर्यात गर्ने निर्णय हुनुपर्ने बताए । पुर्ण रुपमा पाकेको,परिक्क भएको,रंग,गुलियो भरिएको स्याउ कृषि प्राविधि,कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेर बहादुर भण्डारीले बताए ।

डेलिसियस,रेड डेलिसियस लगायतका जातका स्याउ भदौ १० गतेपछि प्राविधिकहरुको सिफारिसका आधारमा टिप्न तथा निर्यात गर्न पाईने निर्णय भएको छ ।दलहरुका प्रतिनिधिले किसान,व्यापारी,स्थानीयतहबाट काँचो स्याउ निर्यात रोक्नु पर्ने भएको छ । लुकीछिपी जुम्लाको काँचो स्याउ बजारमा पुगेपछि अर्गानिक जुम्लाको पहिचानै संकटमा पर्ने स्थिती सृजना हुँदा जिल्ला सरोकारवालाको ध्यानर्कषण भएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । अनुसार जुम्लाको आर्थिक समृद्धीसंग जोडिएको स्याउ बजारीकरणमा सधै समस्या छ । पछि राम्रो मुल्य नपाईने डरले साउनमै किसान स्याउ लिन बाध्य छन् ।

साउन र भदौमा पाक्ने स्याउ निर्यातका लागि किसान अनूकुल निर्णय भएको छ । यसको कार्यान्वयनमा सबैको साथ जूरुरी छ ।क्षणिक नाफाका लागि जिल्लाको अस्तित्व,पहिचाननै संकटमा पर्नु राम्रो हैन् । बजार नहुने,पछि मुल्य नपाईने,समस्या किसानका आफ्नै छ । त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले कालिकोटको स्याउ बेचेर जुम्लाको नाम बद्नाम गर्ने विगतदेखिको परिपाटी भएकोले काँचो स्याउको निर्यातमा कडाई गर्न अनुरोध गरे ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले काँचो स्याउको निर्यातलाई रोक्न सुरक्षाकर्मीलाई कडाईका साथ जाँचबुझ गर्न निर्देशन दिने उल्लेख गरे । उनले भने, कृषि क्षेत्रका समस्या समाधानका लागी सबै लागी पर्न आबश्यक छ । स्थानीयतहले संकलन केन्द्र स्थापना नगर्दा,बजारीकरणमा सहजीकरण नगरिदिँदा नै किसान काँचो स्याउ बाध्य छन् । जुम्लाका आठै तहमा प्रमुख उपप्रमुखले स्याउको बजारीकरणलाई सहज बनाउन गरिएका निर्णयको कार्यान्वयनमा कडाई गनेप्रतिबद्धता गरे ।
त्यस्तै तिला गाउपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जिल्लाका पहिचानका हिसाबले काँचो स्याउ लिनु गलत भएको बताए । उनका अनुसार किसान हतारिने गरेको पाइन्छ । त्यस्तै जुम्लामा संकलन केन्द्र नहुनु, बजार सुनिश्चित नहुनु जस्ता कारणले आफ्नो श्रम अनुसारको मुल्य किसानले नपाएको बताएका छन ।