नेपालगन्ज उपमहानगरको ११ औं नगर सभा सुरु

९ असार २०७९ नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगर सभा सुरु भएको छ । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभा सुरु भएको हो । नगर सभा ११ बजेका लागि तोकिएको थियो ।
सभामा नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै नगर उपप्रमुख कमरुद्धिन राईले वर्ष २०७९/८० को बजेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
नेपालगन्जको ११ औं नगर सभाले यसपटक डेढ अर्व बराबरको बजेट प्रस्तुत गर्दैछ । सभामा सभाध्यक्ष विष्ट, उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतसहित २३ वटै वडाबाट प्रतिनिधित्व गरेर १ सय १७ जना सभासद सहभागी भएका छन् । नियम अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र नगर सभा गर्नुपर्नेछ ।