महाभियोग निष्कृय भइसक्यो, संसद्को सम्मानका लागि मात्रै आएँ : जबरा

'कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग लगाइयो'

१५ भदौ २०७९ काठमाण्डाैं । निलम्बनमा रहेका प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले आफूविरुद्ध संसदमा दर्ता भएको महाभियोग निष्कृय भइसकेको बताएका छन्। महाभियोग सिफारिस समितिलाई बयानका क्रममा जबराले संसदको सम्मानका लागि मात्रै आफू समितिमा उपस्थित भएको जवाफ दिए।

‘महाभियोग स्वतः निष्कृय भइसकेको छ। म नागरिकको रुपमा संसदको सम्मानका लागि मात्रै आएको हुँ,’ उनले भने। प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई नै कमजोर बनाउन खोजिएको भन्दै उनले आफूले पार्टी र मिडियाको दबाबमा काम नगरेको जिकिर गरे।

आफू पछाडिका दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग लगाइएको दाबी गर्दै जबराले आफूलाई राजीनामा दिन पटकपटक दबाब आएको बताए। ‘म पछ्डीको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको छ। त्यसका लागि मलाई महाअभियोग लगाइयो। म कहाँ पनि तीन–चार वटा आएको थियो। मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हुँ,’ उनले भने, ‘दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन गरिएको हो।’