१० साउन २०८० काठमाण्डाैं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु आन्दोलित भएका छन । केहि समय अघि त्रि.वि. उपकुलपतिले एक टेलिभिजन कार्यक्रममा कर्मचारीलाई लक्षित गरि दिएको अभिब्यत्ति र त्रि.वि. कार्यकारी परिषदको पछिल्लो निर्यणप्रति असहमति जनाउदै आन्दोलित भएका हुन । उपकुलपतिले 4K टेलिभिजनको शैक्षिक अपरेशन नामक कार्यक्रममा कर्मचारी काम गर्दैनन् भन्ने जस्ता गैर जिम्मेवारी पुर्ण अभिब्याक्ति दिनुले सम्पुर्ण काम गर्दै आएका कर्मचारीको मान मर्दन भएको ठहर गरेका छन् ।
नेपाल राष्टिय कर्मचारी संघठनका महासचिव विजय राज ढुङगाना भन्छन, विश्वविद्यालयका कर्मचारीहरुले कार्यालयको कार्य चुस्त,दुरुस्त र समयमै सम्पादन गर्दै आएको कुरालाइ नजरअन्दाज गरी । आफु भागि रहदा कार्यालयका काम समेत रोकिदा कर्मचारी घर बजार धाएर भएपनि काम गरेको कुरालाई भुलि यस्ता अभिब्यत्ति दिनुले कर्मचारी दुखित त हुने नै भए । यस्ता अभिब्यात्ति पटक पटक पदाधिकारीबाट आउनु र कर्मचारीका सेवा सुविधा समेत कटौति गर्नुले कर्मचारी निरुसाहित र आन्दोलित भएका छन र पदाधिकारीहरुको नियत प्रति समेत प्रश्न गरेका छन् । त्यसै विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेका छन् ।
१. त्रि.वि.का सम्पुर्ण क्याम्पस र कार्यालयहरुमा कार्यरत सबै कर्मचारीहरुले १ हप्ता २०८० साउन ११ देखि १६ गते सम्म कालो पट्टी बाधेर कार्य गर्ने
२. साउन १८ गते देखी २४ गते सम्म दिनको १० बजे देखि ११ बजे सम्म त्रि.वि.का सम्पुर्ण क्याम्पस र कार्यालयहरुमा १ घण्टा पेन डाउन गर्ने ।
भनेर सघर्षका कार्यक्रम गर्ने घोषणा गरेका छन् । त्रि.वि.मा पटक पटक यस्ता घटना घट्नु निकै दुखित कुरो हो ।
बिज्ञप्ति सहित
बिहानीको तारा । १० श्रावण २०८०, बुधबार २२:००