नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपेन्द्र बिष्टले घरदैलो अभियान लाई तिब्रता दिदै आएका छन । मतादाताहरुलाई भेटघाट र आफ्ना प्रतिवद्धता लिएर जनतामा गएका छन । आज नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको छ। भेटघाटका क्रममा उनले दीर्घकालीन खानेपानी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन।
कार्यक्रममा समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुन पनि सहभागी रहँदै समावेशी विकास, सामाजिक न्याय र आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्न संसदमा सशक्त भूमिका खेल्ने बताए ।उम्मेदवारहरूको सक्रियताले वडा नं. ३ मा चुनावी माहोल थप उत्साहपूर्ण बनेको छ।




सन्तोष कुमार बिष्ट । १३ माघ २०८२, मंगलवार १४:१३