काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितका समस्या समाधान गर्न अझै पनि जालझेल भइरहेको बताएका छन् ।
बिहीबार महोत्तरीमा मिटरब्याज पीडितका गुनासो सुन्दै अध्यक्ष प्रचण्डले मिटरब्याज पीडितका समस्याप्रति गम्भीर भएर ऐन, संरचना बनाएर काम अघि बढाउन खोजिए पनि अझै पनि जालझेल भइरहेको बताएका हुन् ।
उनले मिटरब्याज पीडितका समस्या समाधान गर्न माओवादीले बल गर्ने धारणा राखेका हुन् । देशका सबै जिल्लामा मिटरब्याज पीडितको समस्या देखिएकाले यसलाई दीर्घकालीन रूपमा नै समाधान गर्नुपर्ने उनले बताए ।
सो क्रममा मिटरब्याज पीडितहरूले आफूहरूको समस्या राज्यले नसुनेको र पीडा थपिँदै गएको गुनासो गरेका थिए ।
बिहानीको तारा । २२ फाल्गुन २०८१, बिहीबार १३:३३