
२० फागुन २०७८ नेपालगंज। बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा नेकपा एकिकृत समाजवादी पार्टीका नेता किशोर थापा मनोनित भएका छन । युवा राजनितिज्ञ थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरिएको हो ।
पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत भए संगै अस्पतालले गति लिनेमा बिश्वास गरिएको छ ।



बिहानीको तारा । २० फाल्गुन २०७८, शुक्रबार २०:२४