प्रधानमन्त्रीकै लागि सबै चिज दाउमा राख्दिन : प्रचण्ड

४ पुस २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीका लागि सवै विषयमा दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताए ।

हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन, अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन ।

सोमबार चितवनमामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डडले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताए । ‘स्वभाविक रुपमा सवैसँग छलफल चलिरखेका छ । तर म प्रधानमन्त्रीका लागि सवै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले यसअघि धेरै नेताहरुलाई आफुले प्रधानमन्त्री बनाउन भुमिका खेलेको पनि स्मरण गराए ।उनले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको भन्दै अरुको पनि कुराकानी भइरहेको बताए । ‘यो स्वभाविक हो, कांग्रेस–एमालेको पनि कुरा भइरहेको छ । कुरा हुनेवित्तिकै टुंगोमा पुगेको भन्ने होइन’अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रचण्डले एमाले माओवादी पार्टी एकताका लागि बाहिर आएजसरी औपचारिक छलफल र कुराकानी पनि नभएको   बताए । उनले राष्ट्रपति गैरदलीय व्यक्ति हुननसक्ने भन्दै केही बुद्धिजीवीहरुले त्यस्तो व्यक्ति हुदाँ राम्रो हुने भनेर भनेपनि अहिले त्यो सम्भावना नरहेको र दलबाटै राष्ट्रपति चयन हुने बताए ।

‘गठबन्धनमा गैरदलीय व्यक्ति प्रधानमन्त्री हुने भनेर छलफल भएको छैन । सम्भावना पनि छैन’, प्रचण्डले राष्ट्रपतिले दिएको सात दिनको समयमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका शक्ति बाँडफाड गरेर प्याकेजमै सहमति खोज्ने प्रयत्नमा दलहरू रहेको बताए ।