२ असार २०८० नेपालगंज । नेपाल मार्सल आर्ट्स हाप्किडो संघ बाँकेले आज एक कार्यक्रमको आयोजना गरी केही समय अघि मात्र गठन भएको हाप्किडो संघ बाँकेका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
उद्योग वाणिज्य संघ नेपालगंजकाे सभाहलमा सम्पन्न कार्यक्रममा संघले विभिन्न क्षेत्रमा क्रियाशिल रही समाजलाई योगदान पुर्याइरहेका व्यक्तिहरुलाई समेत सम्मान गरेको छ । संघले पत्रकारीता क्षेत्रमा रहि समाजलाई योगदान पुर्याएको भन्दै पत्रकारिता बिधाबाट विद्याबारिधी गरेका रेडियो मर्निङ स्टारका स्टेशन म्यानेजर डा. डक्टप्रसाद धिताललाई सम्मान गरिएको छ । त्यसैगरी गोरखापत्र दैनिकका सम्बाददाता वरिष्ठ पत्रकार सिराज खान, लक्ष्मी तिमिल्सेनालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
त्यसैगरी, कृषि विकास बैंक न्युरोड शाखामा कार्यालय सहायक पदमा कार्यरत शारीरिक अपांगता भएकी व्यक्ति धारणा आचार्यलाई सम्मान गरिएको थियो । दाहिने हात पुर्ण रुपमा नभएकी आचार्यले बिगत १० बर्षदेखि उक्त बैंकमा कार्यरत रहेको संघले जनाएको छ ।
संघका अध्यक्ष मोहम्मद मोहसिन हल्वाईको अध्यक्षता तथा नेपालगंज उप-महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रशान्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघकी सचिब गङ्गा पुनले स्वागत गरेकी थिइन् भने पत्रकार लक्ष्मी तिमिल्सेनाले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, वडाका जनप्रतिनिधि, खेलाडी, प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो ।
सन्तोष कुमार बिष्ट । २ असार २०८०, शनिबार २०:०६