बाल विवाह न्युनिकरण तथा यौन प्रजनन सम्बन्धी जुम्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


२६ जेष्ठ २०८० जुम्ला : बाल विवाह न्युनिकरणका तथा यौन प्रजनन सम्बन्धी जुम्लामा संञ्चारकर्मीहरु सँग अन्तरिक्रया कार्याक्रम गरिएको छ । आत्मा सम्मानका लागी सहयकार्य क्याड नेपाल जुम्लाको सहयोगमा जुम्लाका संञ्चारकर्मी संग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष नेत्र बहादुर शाहीले बालविवाहले बालबालिकालाई आधारभुत अधिकारबाट बञ्चित गराउने हुदा आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्वन्धमा निर्णय लिने प्रक्रियामा समस्या भएको बताए । उनका अनुसार आफ्नो अधिकारबाट समेत बालबालिकाहरु बञ्चित हुने गरेका छन ।जुम्लामा अहिले सम्म बालविवाहको एकिन तथ्याङक छैन ।

त्यस्तै क्याड नेपालका कार्यक्रम संयोजक अजय कुमार महराले पुण्य कमाउने लालसा तथा धार्मिक मान्यताका कारण बालविवाहले निरन्तरता पाएको बताए । उनले भने, नपुगी विवाह गरीदिने बिवाहका कारण प्रजनन सवास्थ्यमा असर परेको बताए । त्यस्तै क्याड नेपालका फिल्ड संयोजक देवेन्द्र अचार्यले बालविवाह न्युनिकरणको हिमा ,सिजा र कनका सुन्दरीमा कार्यक्रम गर्दै आएको बताए ।उनले भने,’क्याड नेपाल स्थानीय सरकार संग मिलेर बालविवाह न्युनिकरणमा लागेको छ । उनका अनुसार यस्ता खालका कार्यक्रमबाट धर्म गुरुको माध्यमबाट बालविवाह रोक्न सकिने हुदा यस्ता कार्यक्रको निकै महत्व हुने बताएका छन ।

बालविवाह न्युनिकरण र यौन प्रजनन् स्वास्थ्य सम्बन्धी पत्रकारको भुमिका बारे कार्यशाला गोष्ठीमा बाल विवाह र यसको असर, न्युनिकरण गर्ने उपाय पत्रकारहरुले यस क्षेत्रमा खेल्नु पर्ने भुमिकाको बिषयमा सुझाब संकलन पनि गरिएको छ । त्यस्तै छाउपडी प्रथा बालविवाह जस्ता सामाजिक कुरित बिरुद्धको अभियानमा काम गर्ने अभियन्ता नै परिवर्तन हुन पर्ने देखिएको छ ।

त्यस्तै प्रशिक्षक प्रेम सिहं ठकुरीले बालविवाह छाउपडी प्रथा लागी धाँमि झाँक्रि, लगायत संग अन्तरपूस्ता संम्वाद गर्न जरुरी रहेको बताए । उनले कुनै पनि धर्मले सानो उमेरमा विवाह गर्नुपर्छ र छाउपडी मान्नु पर्छ भनेर भनेको छैन । त्यसैले बालविवाह न्युनिकरणमा आ आपनो क्षेत्रबाट भुमिका खेल्ने धर्म गुरुहरुले पनि प्रतिवदता व्यक्त गर्न जरुरी छ ।