नेपालगंजकाे वीपी चोकबाट पाँचजना बन्दकर्ता पक्राउ

१६ फागुन १६ नेपालगंज ।  संसदबाट एमसीसी सम्झौता अनुमोदन भएको सँगै विरोधमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बन्द आह्वान गरेका छन् । यसको आशिंक प्रभाव नेपालगन्जमा पनि परेको छ । आज बिहान हिजोअस्तिको तुलनामा गाडी कम चलेका छन् । विद्यालय बन्द छन् । जिल्लाबाट छुट्ने लामोदुरीका गाडी चलेका छैनन् भने बजारमा पनि अन्य दिनको तुलनामा गाडीहरु कम चलेका छन् ।

राजमार्गमा पनि कम मात्रै गाडी चलेका ट्राफिक प्रहरीले जनाएको छ । राजमार्गहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा प्रहरी खटिएका छन् । यसैबीच नेपालगन्जको वीपी चोकमा बजार बन्द गराउँदै हिडेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उता बन्दले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आंशिक प्रभाव परेको छ ।