विद्यार्थीकाे कपाल शिक्षकले काटिदिए

२८ आषाढ २०७९ जुम्ला । तिला गाउँपालिका ८ स्थित  विद्यालयका प्रधानाध्यापक रामभजन यादवले विद्यार्थीलाई कपाल काटेको भिडियो विद्यालयको सामाजिक संजालमानै पोष्ट गरेका छन  । बिद्यार्थीहरुले कपाल लामाे पाल्ने र कपाल काट्न भन्दा नकाट्ने गरेकाेले आफै कपाल काटेकाे बताए ।

भिडियोमा विद्यालयका प्रधानाध्यापक यादवले स्कुल वदनाम भएको भन्दै कपाल काटेको दृश्य देखिन्छ । कक्षा कोठाभित्र कपाल काटिरहेको भिडियोमा एक अर्का शिक्षकले पनि वोलिरहेका छन् । उनका अनुसार त्यहाँ बिचैमा टाटेपाटे बनाईदिनुपर्छ भन्ने आवाज पनि आउछ ।

जुम्लाको एक विद्यालयमा विद्यार्थीलाई कपाल लामो समय सम्म नकाटेको भन्दै सजाय स्वरुप कक्षा कोठामा कपाल काटि दिईएको छ । जुम्लाको देउराली माध्यामिक विद्यालयमा विद्यार्थीलाई कपाल काटेको भिडियो सामाजिक संजालमा भाईरल भएको हो ।

विद्यालयका एक विद्यार्थीले कपाल काटन भने अटेरी गरेको देखिन्छ । ४ जनाको कपाल कक्षाकोठा भित्रै काटिएको छ भने एक जनाले नमानेपछि कक्षा कोठाबाट निस्कासन गरिएको छ । कालो र सेतो टिसट लगाएका एक विद्यार्थीले भने कपाल काट्न नमानेका तर आफु कक्षाबाट बाहिरिन समर्थन भएका छन् । विद्यालयले अनुशासन पालन गराउनका लागि कक्षा कोठामै कपाल काटिदिएको प्रधानाध्यापक यादवले थपेका छन् ।

तिला गाउँपालिका शिक्षा शाखा प्रमुख झुनमाया खत्रीले सो भिडियो आफुलाई जानकारी नभएको बताउनुभयो । उहाँले कक्षा कोठामा कपाल काटेर सामाजिक संजालमा राख्न राम्रो नभएको र हेरेर प्रतिक्रिया दिने बताउनुभयो । मनोसामाजिक विमर्शकर्ता नन्दराज धितालले सो बिषय वालवालिकाको लागि हिनतावोध गर्ने काम हुन सक्ने डर हुने बताउनु हुन्छ ।

देउराली माध्यामिक मा.वि जुम्लाकोटमा विद्यार्थीलाई कपाल काट्दै गरेको भिडियो स्क्रिन तस्बिर सामाजिक सञ्जाल