प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ सुरु


२६ फागुन २०७९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो ।

यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन ।प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।