सिंजाली जनताको सु:ख, दु:खको सारथी वडाध्यक्ष तिर्थ वड

६ असार २०८० जुम्ला । जनयुद्ध देखी शान्ती प्रकृया सम्म आउदा बिभिन्न आन्दोलनको नेतृत्वदायी भुमिकामा रहेका तिर्थ वड यतिबेला जनताको घरदैलोको सारथी बनेका छन । उनी जुम्लाको सिंजा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तथा गाउँपालिका प्रबक्ता समेत छन । जनतालाई सुख या दु:खमा आफुले भ्याय सम्म हरेक काममा साथ दिने गरेका छन । पालिकाको विकास निर्माणका कामलाई तिब्र गतिमा अघि बढाउन आफै फिल्डमा लाग्ने गरेका छन । जनताको  सुझावलाई आत्मसाथ गर्दे जनताको चाहान अनुसार नागरिकका समस्यालाई समाधान गर्ने र हरेक ठाउँमा जनतासंग रहेर काममा हातेमालाे गर्न रुचाउन्छ अध्यक्ष वड ।

उनले सिंजा गाउँपालिकाको – ५ मा रहेको कैलाश मावि फुङ्ग्रमा वडाध्यक्ष वडले आफ्ना स्वर्गीय बुवा सुक वडको सम्झनामा ११ हजार १११ रुपैयाँ अक्षय कोष स्थापना गरेका छन । उक्त काेषबाट निम्न परिवारका बालबालिका, गरीव, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको वडाध्यक्ष वडले बताए । अक्षयकोष स्थापना गर्नेका लागि वडाध्यक्ष वडले विद्यालयलाई ११ हजार १११ को चेक हस्तान्तरण गरेको कैलाश मावि फुङ्ग्रका प्रअ विष्णुलाल रोकायाले जानकारी दिए ।

 वडाध्यक्षमा निर्वाचित भएदेखि जनताका हरेक दुखसुख साथ दिने वड, बिकास निर्माणमा पनि सबै पक्ष लाई साथमा लिई वडाको बिकासमा कुनै कसुर बाँकी नखाख्ने अध्यक्ष वड बताउन्छ । त्यसैले स्थानीयहरु वडाध्यक्ष वड खुलेरै सहयोग गर्ने गरेको सो वडाका स्थानीयवासी बताउँछन् । जनप्रतिनिधि हुँदा दुखीको साहरा बनेका जुम्ला जिल्लामै एक चर्चित युवा वडाध्यक्ष वड जनताको जनमुखी युवा नेताका रुपमा हेरिन्छ । यस अघि प्रेस सेन्टर जुम्लाको चौथो साधारणसभामा स्वर्गीय पत्रकार पदमराज देवकोटा स्मृति अक्षकोष स्थापनाका लागि वडाध्यक्ष वडले ११ हजार १११ रुपैयाँको चेक प्रेस सेन्टर जुम्लालाई हस्तान्तरण गर्नुभएको थियो ।