काभ्रे । नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेको मुखपत्र ‘शैक्षिक आवाज’ आज एक कार्यक्रम गरी बिमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय सूर्यमान दोङले गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले शिक्षा क्षेत्रमा भएको समस्याहरु समाधान गर्न क्रान्तिकारी शिक्षकहरु अग्रपंक्तिमा रहेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा भएको ठूला ठूल परिवर्तनमा मुख्य भूमिका शिक्षकको रहेको स्मरण गर्दै अब शैक्षिक सुधारको आन्दोलनमा पनि शिक्षकहरुको भूमिका अहंम हुनुपर्ने हुन्छ र एकीकृत अखिल नेपाल शिक्षक संगठन पहिलो पटक मुखपत्र प्रकाशन गरेकोमा शुभकामना दिदै यसले संगठन लाई अझै मजबुत गर्नुका साथै शैक्षिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।
यस्तै नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पूर्व सांसद गंगाबहादुर तामाङले शिक्षकहरु पेशागत हकहितको लागि पार्टीले कुनैपनि कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे । शिक्षा क्षेत्रलाई क्रान्तिकारी शिक्षकहरुले मात्र सुधार्न सक्ने पार्टीको विश्वास रहेको बताउँदै अबको अभियान शैक्षिक सुधार र शैक्षिक उपलब्धिको अभियान रहेको बताउनु भयाे ।
संगठनका काभ्रेका अध्यक्ष चेत बहादुर लामाले ‘शैक्षिक आवाज’ काभ्रेको शैक्षिक क्षेत्रमा सकरात्मक प्रभाव पार्ने र यो प्रकाशनलाई नियमित रुपमा प्रकाशन मार्फत शैक्षिक क्षेत्रका गतिबिधि चलाएमान गर्न र सबैको सुझाव सल्लाह सुझाव अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संगठनको मुखपत्रले संगठन लाई थप बजबुत र एकता बद्द गरि शैक्षिक समस्यालाई समाधान गर्न मदत पुग्ने सम्पादन मण्डलका सदस्य तथा जिल्ला कमिटी सदस्य नारायण धितालले बताउनु भयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश किमटी सचिव ईन्द्रबहादुर थिङ, काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य पदमप्रसाद तिमल्सिना, मजदुर नेता राजन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु मिना तामाङ, तेजबहादु मिजार, कृष्ण अधिकारी, जिल्ला संयोजक भोला अर्याल, प्रदेश सचिवालय सदस्य डिएम लामा लगायतकाे सहभागी रहेकाे थियो ।
बिहानीको तारा । २२ कार्तिक २०८१, बिहीबार २०:१८