खजुरा गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी लाई स्वागत

१९ फागुन २०७९ खजुरा । बाँकेको खजुरा गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा अर्जुन सुवेदी लाई अध्यक्ष डम्बर बिक ले स्वागत गरेका छन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंले खजुरा गाउँपालिकाको कार्यालय प्रमुखका रुपमा सुवेदीलाई खटाएको हो ।
खजुरा अघि सुवेदी बर्दियाको राजापुर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका थिए । खजुरामा शुक्रबार गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र कर्मचारीहरुले स्वागत गरेका थिए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले पालिकाको कार्य सम्पादनमा प्रमुख प्रशासकिय अधिकृत सुवेदीले कुसल रुपमा निर्वाह गर्नुहुनेछ भन्दै शुभकामना दिए ।


कर्मचारी र जनप्रतिनिधि विचको सम्बन्ध पनि सुमधुर राख्ने गरि विकास निमार्णका कार्यमा सघाउन महत्वपुर्ण भुमिका निभाउन आग्रह गरे । स्वागत कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुवेदीले समग्र गाउँपालिकाको विकास र समृद्धिका लागी आफ्नो समय खर्चिने प्रतिवद्धता जनाए । निति नियममा रहेर कार्य सम्पादन गरिने हुदाँ यसमा सबैले सहयोग गर्न समेत आग्रह गरे । सुवेदी एक कुशल राष्ट्र सेवकका रुपमा चिनिन्छन