
भदौ ५, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।
क्यानले सार्वजनिक गरेको जानकारीअनुसार लिग नोभेम्बर १७ अर्थात मंसिर १ देखि डिसेम्बर १५ (मंसिर २८) सम्म त्रिबि क्रीकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता २७ दिनसम्म निरन्तर सञ्चालन हुने बताइएको छ।
यसअघि प्रतियोगिताको मिनि अक्सन सम्पन्न भइसकेको छ भने विभिन्न टिमहरूले विदेशी खेलाडी भित्र्याउने तयारी गरिरहेका छन्।
एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियो।



बिहानीको तारा । ५ भाद्र २०८२, बिहीबार २०:४७