छोरा–छोरीको उज्यालो भविष्यका लागि नास्ता पसल सञ्चालन गर्दै नन्दकिशोर साहु

नेपालगंज ।  “इमान्दारीपूर्वक काम गरे जीवन धान्न सकिन्छ” भन्ने उदाहरण बनेका छन् नन्दकिशोर साहु, जो चिया, पकौडा, चाउमिन र समोसा जस्ता परिकारको सानो नास्ता पसलमार्फत आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका छन्।

नेपालगंज उप-महानगरपालिका वडा नम्बर १० गोसाई गाउँ चोकमा रहेको साहुको नास्ता पसलमा बिहानैदेखि ग्राहकहरूको भीड लाग्ने गर्छ। बिहानको समयमा चिया खान आउनेको लस्कर लाग्छ भने दिउँसो पकौडा, चाउमिन, समोसा जस्ता परिकार खाने ग्राहकको घुइँचो हुने गर्छ।

नन्दकिशोर साहु भन्छन्, “पसलबाट हुने आम्दानीले घरको खर्च चलाउनुका साथै छोराछोरीको पढाइ पनि धान्न सकेको छु। दुःख भए पनि काम गर्न पाइयो भने जीवनमा सन्तोष मिल्छ।”

व्यवसाय सानो भए पनि मेहनत र लगनले समाजमा सकारात्मक सन्देश दिइरहेका साहु जस्ता श्रमिकहरूको कथा प्रेरणादायी बन्न सक्छ।