राष्ट्रिय प्रगतिशील स्वास्थकर्मी संगठन बाँकेको अध्यक्षमा जयराम पाण्डे चयन

१० माघ २०७९ नेपालगंज । स्वस्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु रहेको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन बाँकेको अध्यक्षमा जयराम पाण्डे सर्वसम्मत चयन हुनु भएको छ । लुम्बिनी प्रदेश माननीय मन्त्री कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा आज नेपालगन्जको होटल कलपत्रुमा भएको जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा जयराम पाण्डे, उपाध्यक्षमा कविता पुन, सचिवमा माधव अधिकारी, कोषाध्यक्षमा टेक बहादुर शाही, सह कोषाध्यक्षमा कल्पना गिरी, सदस्यहरुमा बिमला सुवेदी, सावित्रा देवकोटा, दीक्षा रोशनी पुन, रबि भुसाल सर्वसम्मतिले चयन हुनु भएको हो । १५ सदस्यीय कमिटी मध्ये ९ सदस्यीय कमिटी आज गठन गरिएको छ ।

बाँकी सदस्यहरु पछि मनोनीत गरिने अध्यक्ष पाण्डेले बताउनुभयो । त्यसैगरी संगठनको लुम्बिनी प्रदेश प्रतिनिधि हुनेगरी कृष्ण बहादुर केसी र पठबिर बुढाथोकीलाई चयन गरिएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेकपा माओवादी केन्द्रका बाँके जिल्ला अध्यक्ष तथा खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि-क- तुफान, बिशेष अतिथिका रुपमा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सह अध्यक्ष टेक राज डि-सी-, अतिथिहरुमा जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष मानव नेपाली, प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेश महासचिव डा- देवेन्द्र आचार्य, भेरी अस्पताल नेपालगन्जकि नर्सिङ निर्देशक दुर्गा लक्ष्मी श्रेष्ठ, नर्सिङ अधिकृत शिला शर्मा, भेरी अस्पताल व्यवस्थापन समिति सदस्य तथा खजुरा गाउँपालिका वडा नं २ का वडा अध्यक्ष धनराम वली, प्रगतिशील जनस्वास्थ्यकर्मी लुम्बिनी प्रदेश अध्यक्ष कबिराम बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा खजुरा गाउँपालिका प्रमुख तुफानले स्वास्थ्यकर्मी भनेको युद्धको हतियार जस्तै हो तपाईंहरुको सेवाले जनताले प्रत्यक्ष सेवा पाउने हुदा आफ्नो हकहितका लागि आवाज उठाउने र जनताको सेवामा पनि तल्लीन हुनुपर्नेमा जोड दिनुभएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश माननीय मन्त्री नमुनाले स्वास्थ्य क्षेत्रमा आफू हिजो पनि सक्रिय पुर्वक लागेको र भोलिका दिनमा पनि निरन्तर सहयोग गर्ने बताउनुभयो । उहाँले संगठनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्दता समेत जनाउनु भएको थियो । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनका का-बा-अध्यक्ष कृष्ण बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन केपी घिमिरेले गर्नु भएको थियो ।