मन्त्री अथक सहित गठवन्धन उम्मेदवारले गराए उम्मेदवारी दर्ता

२३ असाेज २०७९ नेपालगंज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज उहाँसँगै प्रदेश सभा (क) मा फुलाराम थारू (नेपाली काँग्रेस) र प्रदेश सभा (ख) मा कृष्णा केसी ’नमुना’ (माओवादी केन्द्र) ले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता  गराएका छन ।