बाँके बाट कृष्णा केसी ‘नमुना’ मन्त्री नियुक्त

२८ पुष २०७९ नेपालगंज । बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद तथा नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य कृष्णा केसी नमुना लुम्बिनी प्रदेश सरकारको मन्त्री नियुक्त हुनु भएको छ ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिले कृष्णा केसी नमुना लाई मन्त्रीमा नियुक्ती गर्नु भनी लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराले पत्र पठाएका छन ।