जसपामा गुट परिवर्तन गर्दा मन्त्री उपहार

२० असार २०७९ काठमाडौं । जसपाकाे आन्तरिक विवादमा बाबुराम पक्षलाई सहयाेग गर्दै आएका  इस्तियाक राई र मृगेन्द्रकुमार सिंह ले गुट परिवर्तन गरेर मन्त्री हुन यादवकाे पक्षमा लागेका छन ।  पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्री फेरबदल गर्ने निर्णय गरेपछि उनीहरु उपेन्द्र यादव पक्षमा लागेकाे एक नेताले बताए । साेही अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको एक नेताले बताए ।

नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेको ती नेताको भनाइ छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ भने यथावत् रहने बताइएको छ । हाल जसपाबाट सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव, कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको स्थानमा नयाँ मन्त्रीहरु जानेछन् । भौतिक पूर्वाधार मन्त्रालयमा राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा सिंह र वन मन्त्रालयमा यादव जाने बताइएको छ ।