१७ पुष २०७९ पाेखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै निजगढ विमानस्थलको निर्मण सुरु गर्ने घोषणा गरेका छन् । आज पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले छिट्टै निजगढ अन्तरास्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा अएको छ । अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्नेछौ ।’ सोही क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो विमानस्थल सञ्चालनमा आएसङ्गै पोखरा सिधै अन्य मुलुकसँगको पहुँचमा जोडिएको बताए । पोखरा विमानस्थल सञ्चालनमा आएसँगै पोखराको विकास र समृद्धिको चाहना थप मजवुत भएको समेत उनले बताए ।यस्तै आफ्नो जन्मभूमि समेत कास्की भएकाले यस क्षेत्रको विकासका लागि प्रधानमन्त्रीको रुपमा थप पहल गर्ने प्रधानमन्त्री प्रचण्ड को भनाई छ ।



बिहानीको तारा । १७ पुष २०७९, आईतवार १९:३५