सिंजा गा‍.पा. २ को अधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

१ साउन २०७९ जुम्ला । सिंजा गाउँपालिका वडा नं. २ को अधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरिएको छ । अज बाट अधारभूत स्वास्थ्य केन्द्र बाटै स्वास्थ्यको आधारभुत ओखती मुलो, १००० दिनका आमालाई पोसिलो आहारा लगाएत सम्पूर्ण सेबा सुचारु गरियको वडा अध्यक्ष तिर्थ वडले बताउनुभयो ।

वडा अध्यक्ष वडले सल्लाह सुझाब र भाबी दिनमा प्रयोग शाला, सुत्केरी केन्द्र र अन्य स्वास्थ्यको सेवाको ब्यवस्थापन गर्ने बताउनु भयो । अधारभूत स्वास्थ्य केन्द्र निर्माणमा सहयोग गर्ने गा.पा. अध्यक्ष उपाध्यक्ष, जग्गा दाता, समाज सेबि ,जनप्रतिनिधि, पुर्ब प्रतिनिधि, स्वास्थ्यकर्मी, आमसमुदाय,  महिला स्वास्थ्य स्वयम सेबिका लगाएत सम्पुर्ण लाई वडा अध्यक्ष तिर्थ वडले धन्यावाद समेत दिनुभयो ।