२० चैत २०७८, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदान अघि नै राष्ट्रिय सभाका उप–सभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गरेका छन् । यो सत्र राष्ट्रिय सभाका उप–सभामुख कासिम खान सुरीको अध्यक्षतामा चलिरहेको थियो । उप–सभामुखले यो अविश्वासको प्रस्ताव असंवैधानिक भएको जिकिर गर्दै खारेज गरेका छन् । यसका साथै राष्ट्रिय सभाको बैठक २५ अप्रिलसम्म स्थगित गरिएको छ ।
बिहानीको तारा । २० चैत्र २०७८, आईतवार १५:०४