छठ पर्वको अवसरमा नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा शुभकामना व्यक्त

१३ कार्तिक २०७९ बाँके । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले तराई-मधेसलगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष शाहले सम्पूर्ण नरैनापुर वासीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक, तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउदैँ नरैनापुरमा एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु’ अध्यक्ष शाहले बताउनु भयो । अध्यक्ष शाहले छठ पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको जिकिर गर्नु भएको छ ।

अध्यक्ष शाहले यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पु¥याउँदै आएको बताउनुभयो ।