सत्ता गठबन्धनको उम्मेदवारहरुको कुन निर्वाचन क्षेत्रमा (सूचीसहित)

११ कात्तिक २०७९ काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफलमार्फत निष्कर्षमा पुर्‍याउने बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानमा भने मित्रवत प्रतिस्पर्धा गर्ने तय गरिएको छ, ती स्थानहरूमा एक आपसमा समान र सौहादपूर्ण व्यवहार गर्ने सहमति भएको छ ।’ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदकाे सत्ता गठबन्धनले सिट सहित आज सार्वजनिक गरेकाे छ