संविधान दिवसको अवसरमा नेपालगंज ९ नं. वडा कार्यालय द्धारा दीप प्रज्वलन

३ असोज २०७९ नेपालगंज । नेपालको संविधान २०७२ जारी भएको आज ७ ‌औं बर्ष पुगेको अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर बिभिन्न कार्यक्रम गरी बनाई रहेका छन । सरकारी तथा गैरसरकारी संस्थाहरुले बिभिन्न कार्यक्रम गरेका छन । नरैनापुर गाउँपालिकाले बृक्षारोपण गरेर मनाएको छ भने राजनितिक दलहरुले पनि बिभिन्न कार्यक्रम गरी मनाएका छन ।

यस्तै नेपालगंज उप-महानगरपालिका वडा नं. ९ कार्यालयले पिपल चौतारा शान्तीनगरमा ७ औं संविधान दिवसको अवसरमा साझ ५ बजे दीप प्रज्वलन गरी मनाएको छ । कार्यक्रममा वडा अध्यक्ष गोबिन्द रेग्मीले संबिधानले नागरिकका हक हित र अधिकारलाई सुनिश्चित गरेको बताउनु भयो ।

राष्ट्रिय साहित्य मन्चका केन्द्रिय सदस्य राम चन्द्र आचार्यले संबिधानले सबै नागरिकलाई एकतामा ल्याए छ । संसद एक मत भएर चुच्चे नक्सा पास गरेर राष्ट्रिय एकताको संदेश दिएको थियो, नेपालको संबिधान २०७२ प्रगतिशिल छ र सबै निकायले संबिधानलाई कार्यान्वयमा जोड दिनु पर्ने बताउनु भयो ।

दीप प्रज्वलन कार्यक्रममा वडा सदस्य सिमा के सी, जयन्ती खत्री समाजसेवी डिल बहादुर थापा, नेकपा एमालेका वडा कमिटी अध्यक्ष उर्दल गिरी लगाएत स्थानीयको सहभागिता रहेको थियो ।