बाजुराको त्रिवेणीमा गोली चल्दा ३ जना घाइते

४ मंसिर, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका बाजुराकाे सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।