सन्दिपलाई पक्रेको हेर्ने र भिडियो खिच्नेको विमानस्थलमा भीड


२० आश्विन २०७९ काठमाण्डाैं । नाबालिका लाई  बलात्कार गरेकाे आरोप लागेका क्रिकेटर सन्दिप लामिछाने केही बेरमा त्रिभुवन बिमान स्थलमा अवतरण गर्दै छन । पक्राउ परेकाे  क्षणकाे भिडियो र फोटोमा कैद गर्न पत्रकार र युट्युबरहरुको भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको छ ।

उनी अबको केही क्षणमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दै छन् । कतार एअरवेजको उडानमा दोहाबाट आउन लागेको स्वयम् लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएपछि अध्यागमन प्रहरी र पत्रकारहरु तम्तयार अवस्थामा बसेका हुन् ।