
फागुन १० नेपालगंज
नजिकिदै गरेको स्थानीय तहको निर्वाचन तयारीमा राजनीतिक दलहरु आ-आफ्नो तयारीमा जुटेका छन । निर्वाचन केन्द्रित कार्यक्रम तयारी गरिरहेकाछन । अहिले नेताहरु गाउँ केन्द्रित भएर सक्रिय भएको देखिन थालेका छन । प्रत्येक पार्टीहरुले वडा बैठक भेला दिनहु जसो गर्दै आइरहेका छन ठुला साना पार्टीहरुले तयारी तीब्रगतिमा गरि रहेको देखिन थालेका छन । राष्ट्रिय राजनीतिका मुख्य पार्टी नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगाएत साना दलहरुले पनि तयारीमा जुटेका छन ।
यस्तै नेकपा माओवादी केन्द्र सोमबार स्थानीय निर्वाचन सम्बन्धि तयारी थाल्न सर्कुलर पठाइसकेको छ । पार्टी कमिटी लाई स्थानीय निर्वाचन केन्द्रित हर्ने अध्यक्ष प्रचण्ड ले निर्देशन समेत दिएका छन । सर्कुरमा जिल्ला समन्वय समिति, नगर समिति, गाउँ वडा लगायत सबै तहका जेष्ठ कम्युनिस्ट मन्च, सल्लाहकार समिति, परिषद र बिभागलाई पुर्णता दिन आग्रह गरिएको छ । नगर गाउँपालिकामा पार्टीको केन्द्रिय सदस्य वा बरिस्ठ सदस्य वा वरिष्ठ नेतृत्वको संयोजत्वमा निर्वाचन परिचालन मुल समिति बनाउनु पर्ने र निर्वाचनको तयारी लाई ब्यवस्थित गर्न निर्देशन दिइएको सर्कुलरमा उल्लेख गरिएको नेपालगन्ज उप-महानगरपालिका कमिटी सदस्य प्रचार बिभाग प्रमुख धर्मराज न्यौपानेले बताउनु भयो ।



बिहानीको तारा । १० फाल्गुन २०७८, मंगलवार ०४:३६