देउवा भेट्न ओली बालुवाटारमा

फागुन १० काठमाण्डाैं

प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटन एमाले अध्यक्ष केपी ओली बालुवाटार गएका छन् । ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले ओली करिब ६:३० बजे बालुवाटार पुगेका हुन् । आजको भेटमा एमसीसी र वर्तमान राजनीति विषयमा छन् हुने ओलीको सचिवालयले जानकारी दिएको छ । सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गरेको थियो । सत्ता पक्ष गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागि रहेका छन् । यसअघि यही फागुन ६ गते ओलीको निवास बालकोटमा देउवा र ओलीबीच भेटवार्ता भएको थियो ।